बिराटनगरमा सिटी सवारी चालकहरुले गरे सडक अवरुद्ध

विराटनगरका मुख्य सडकहरूमा सिटी सफारी चलाउन रोक लगाइएको भन्दै सिटी सफारीका चालकहरूले सडक बन्द गरेका छन्।

रानी सिमादेखि विराटनगर ढाटसम्मको सडकमा सिटी सफारी रोकिएको भन्दै कोशी राजमार्ग अन्तर्गत बरगाछी सडकखण्ड बन्द गरिएको छ। यातायातमा अवरोध गर्दै, शुक्रबार दिउँसो १२ बजेदेखि राजमार्ग बन्द गराउँदा यातायात प्रभावित भएको छ।

कोशी राजमार्ग अन्तर्गत बरगाछी सडकखण्डमा सिटी सफारी राखेर सडक अवरुद्ध गरेपछि सवारीसाधन चल्न सकेको छैन। यसअघि, सफारी चालकहरूले विराटनगर महानगरपालिका कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए।

मुख्य सडकमा सिटी सफारी चल्न पाउनुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका छन्। सडकमा चल्न रोक लगाउनुभन्दा पनि व्यवस्थापनमा ध्यान दिनुपर्ने उनीहरूको धारणा छ। सिटी सफारीलाई व्यवस्थित गर्न र सवारी आवागमनलाई सुधार गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महानगरपालिकासँग मिलेर नयाँ नियम लागू गर्ने तयारी गरेको छ। यसैको विरोधमा सफारी चालकहरूले आन्दोलन गरेका छन्। विराटनगरमा हाल ८ हजारभन्दा बढी सिटी सफारी चलिरहेका छन्, तर विराटनगर महानगरपालिकामा करिब दुई हजार मात्र दर्ता भएको उल्लेख गरिएको छ

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार भदौ १३ गतेदेखि सिटी सफारीमा नयाँ नियम लागू गरिएको छ। न्यौपानेका अनुसार, बिहीबारदेखि कोशी राजमार्गमा चल्ने सिटी सफारी पूर्ण रूपमा रोकिएको छ। यसअघि नै विराटनगर महानगरपालिकाले माइकिङ्ग गरेर यसको जानकारी दिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *