पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर एक रुपैयाँले घटाइएको हो।आन्तरिक उडानको लागि हवाई इन्धनमा प्रति लिटर पाँच रुपैयाँले र अन्तर्राष्ट्रिय उडानको लागि प्रति किलोलिटर ३७ अमेरिकी डलरले मूल्य घटाइएको निगमले जानकारी गराएको छ।

कम्पनीले पेट्रोलको मूल्य पहिलो, दोस्रो, र तेस्रो श्रेणीका क्षेत्रमा क्रमशः प्रतिलिटर १६०.५०, १६२, र १६३ रुपैयाँ निर्धारण गरेको छ। डिजेल र मट्टीतेलको मूल्य पनि क्रमशः १५१.५०, १५३, र १५४ रुपैयाँ प्रति लिटर तोकिएको छ। आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य समायोजन गरेर १३२ रुपैयाँ प्रति लिटर राखिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर १००५ अमेरिकी डलर निर्धारण गरिएको छ।

कम्पनीले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी, र वीरगञ्जलाई पहिलो श्रेणीमा, सुर्खेत र दाङलाई दोस्रो श्रेणीमा, र काठमाडौँ, पोखरा, र दिपायललाई तेस्रो श्रेणीमा समावेश गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *